बाँके भदौ १३ गते ।
पत्रकार र प्रहरीको नाम भजाएर असुली गर्ने दुईजनालाई जिल्ला प्रहारी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अब्दुल जोलाहा र कैलाली धनगडी घर भएका हाल महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने २६ बर्षका महेशसिंह ऐरीलाई प्रहरीले पक्राउ गरेको हो ।
क्याम्पस नजिकै अटो रिक्सा रोकेर कहिले पत्रकार त कहिले पुलिस भन्दै उनीहरुले असुली गर्दै आएका थिए । त्यहीक्रममा जिल्ला प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । जोलाह लागु पदार्थ दुव्र्यसनीकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जोलाह यसअघि पनि पक्राउ परेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post