बाँके भदौ १४ गते ।
पत्रकार र प्रहरीको नाम भजाएर असुली गरेको आरोपमा पक्राउ परेका मध्ये महेशसिंह ऐरीलाई प्रहरीले छाडेका छ । कैलाली धनगडी घर भएका हाल महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने २६ बर्षका ऐरीलाई प्रहरीले हिंजो क्याम्पस नजिकै बाट पक्राउ गरेको थियो ।
उनीसँगै पक्राउ परेका नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अब्दुल जोलाहा भने प्रहरी हिरासतमै छन् ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार, छानवीनको क्रममा कसुर नभेटिएपछि उनलाई गएराती नै छाडिएको हो ।
मुद्दाफाटका इन्चार्ज खिमबहादुर घर्तिले जोलाहमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।
Discussion about this post