काठमाडौं भदौ १५ गते ।
सरकारले इजरायल जान दरखास्त दिएका कामदारको यहि भदौ २८ गते लिखित परीक्षा गर्ने भएको छ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भदौ २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने भएको हो ।
अंग्रेजी भाषाको लिखित परीक्षा हुने विभागले जनाएको छ । विभागले सूचना निकालेर परीक्षा केन्द्र र प्रवेशपत्र अनलाइनबाटै लिइन सक्ने जनाएको छ ।
वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त मागेको थियो । त्यसमा १० हजार आवेदन परेको छ ।
Discussion about this post