बाँके भदौ १७ गते ।
नेपालमा एक करोड ९२ हजार १६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ रहेको छ ।
पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना विरुद्धको खोप लगाउने लक्षित जनसंख्याको १५।४ प्रतिशतले पूर्ण खोप लगाइसकेको छ ।
मन्त्रालयका अनुसार १७।९ प्रतिशतले पहिलो डोज लगाइसकेको छ । नेपालमा कोरोनाविदरुद्धको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार ७६३ हो ।
जुन नेपालको कुल जनसंख्याको ७१।६ प्रतिशत हो । सरकारले खोप लगाउने अभियान जारी रहेको जनाएको छ । चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने सरकारको दाबी छ ।
Discussion about this post