बाँके भदौ १९ गते ।
नेपाल भारत सीमा नाका रुपैडियामा असुली धन्दा चलाएको आरोपमा पत्रकार राम जी सोनी पक्राउ परेका छन् ।
पत्रकार सोनीले लागू औषध तस्करहरुलाई धम्क्याएर रकम असुली गर्ने गरेको पाइएको छ । उनलाई त्यही अभियोगमा आज रुपैडियाबाट पक्राउ गरिएको रुपैडिया थानाले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको रुपैडिया प्रहरीले जनाएको छ । उनले सीमामा खटिएको भारतिय र नेपाल प्रहरीलाई समेत धम्क्याउने गरेका थिए । उनी सुदर्शन न्यूजमा आबद्ध पत्रकार हुन्।
वरिष्ठ उप निरीक्षक रुदलबहादुर सिंहको टोलीले सोनीलाई पक्राउ गरेको हो ।
Discussion about this post