खोजखबर संवाददाता
बाँके असोज ३ गते । संविधान दिवसका अवसरमा शुक्रबार बाँकेभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरि धुमधामका साथ मनाएका छन ।
संविधान दिवसको अबसरमा नेपालगन्ज र कोहलपुरका सरकारी कार्यलय, स्कुल तथा बिभिन्न ठाउँहरुमा कार्यक्रमको आयोजना गरेका थिय ।नेपालगन्जमा जिल्ला प्रसासन कार्यालय बाँके र जिल्ला समन्वय समिति बाँकेको आयोजना मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, आर्मी,नगर प्रहरी तथा सम्पुर्ण सरकारी निकायहरुको सहभागीता रहेको थियो र्याली जिल्ला प्रशासन कार्यालय बाँके हुदै नेपालगन्ज खेलकुद मैदान रङ्गसाला मा गयर समापन भएको छ ।
त्यसैगरी कोहलपुर नगरपालिकाले शुक्रबार बिहान कोहलपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय कोहलपुर चौराहदेखि सुरु भएको प्रभातफेरी साझा हुँदै पुनः कोहलपुर चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले संविधान सबैको साझा दस्तावेज भएकाले यसको पूर्ण कार्यान्वयनकालागि र नेपाललाइ अगाडी बढाउन लागि सबै एकजुट हुनुपर्ने बताए । उनले नेपाल र नेपालीलाई थप बलियो र समृद्ध बनाउन संविधानको भूमिका महत्वपूर्ण हुने जिकिर गर्दै सबै वर्ग र समुदायलाई प्रतिनिधित्व गर्ने नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दावी गरे ।
कार्यक्रममा कर्मचारी, सुरक्षाकर्मी, विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानियहरुको उल्लेख्य सहभागीतामा कार्यक्रमको समापन भएको छ ।
Discussion about this post