काठमाडौं भदौ २७ गते ।
हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली शनिबार हुम्ला आइपुगेको छ।
गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्यको अध्ययन टोली हुम्ला आइपुगेको हो। सिमकोट पुगेको टोलीले शनिबार नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल समेत गरेको छ।
शनिबार सिमकोट नै बस्ने टोली आइतबार लाप्चातर्फ लाग्ने टोलीका संयोजक आचार्यले जानकारी दिए। सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो।
Discussion about this post