बाँके भदौ २७ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जको व्यस्त त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडक खण्डमा तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरेको छ ।
विहान ८ बजेदेखि राती ८ बजेसम्म तीन र चार पांग्रे सवारीसाधन संचालनमा निषेध गरिएको कार्यालय प्रमुख राजु भण्डारीले जानकारी दिनुभयो ।
साँघुरो सडक र भीडभाड बढी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि ती सवारीसाधनलाई १२ घण्टा आउजाउमा निषेध गरिएको उहाँको भनाइ छ ।
भण्डारीका अनुसार तीन र चार पांग्रे सवारीसाधन आउजाउले दुर्घटनाको समेत जोखिम बढाएको उहाँको भनाइ छ । अव अर्को आदेश नभएसम्म योप्रक्रिया निरन्तर चल्ने उहाँको भनाइ छ।
Discussion about this post