बाँके भदौ २८ गते ।
प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित नेपालगन्जको जमुनाह इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमही नगरपालिका–५ का २५ वर्षीय तिमशी रानामगर र गढवा गाउँपालिका–६ का २५ वर्षकै करण मल्ल रहेका छन् ।
रुपैडियाबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई प्रहरीले चेकजाँच गर्नेक्रममा तिमशीले लगाएको ट्राउजरको पछाडीको दाहिने खल्तीमा कालो प्लाष्टिकमा बेरेको ६ ग्राम ब्राउन सुगर बरामद भएको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय जमुनाहको हिरासतमा राखेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।
Discussion about this post