सुर्खेत भदौ ३१ गते ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले महिना नबित्दै बसाइँ सरेका छन् ।
सल्यान कालीमाटी गाउँपालिका–५ काल्चेबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्ती सारेको एक महिना नबित्दै लोपोन्मुख राउटे समुदाय फेरि सल्यानमा फर्केका छन् ।
उनीहरू सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–११ स्थित भेरी नदी किनारमा बसाइँ सरेका हुन् । कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्दै आएको समयमा चार जनाको मृत्यु भएपछि गुर्भाकोटमा बस्ती सारेका थिए ।
लामो समय दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेहरू काल्चे, गुर्भाकोट हुँदै अहिले नदी किनारमा सरेका हुन् ।
Discussion about this post