बाँके असोज १ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर नजिकैबाट आज सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ ।
विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको १ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद गरेको हो ।
बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव निरीक्षक शाहीले बताउनुभयो ।
Discussion about this post