काठमाडौं असोज ४ गते ।
संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ । भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक केही समयपछिका लागि बोलाएर एमालेसँग सहमति खोज्ने प्रयास गरे पनि ठोष उपलब्धी हुन सकेको छैन । संसदको अवरोध हटाउन सभामुख सापकोटाले सर्वदलीय बैठक आयोजना गरेका थिए ।
तर एमालेले भने बहिष्कार गरेको थियो । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ ।
Discussion about this post