बाँके असोज ४ गते ।
नेपालगन्जबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षण जिवनलाल बुढाले जानकारी दिनुभयो।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि आज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।
Discussion about this post