रुकुम असोज ६ गते ।
रुकुमपूर्वमा मातृभाषाको पढाइले बालबालिकालाई सहज भएको छ । विशेष गरी कक्षा १ देखि ३ सम्मका विद्यार्थी उत्साही देखिएका हुन् । किनभने, उनीहरूले आफ्नै मातृभाषामा पढ्न पाइरहेका छन् ।
भूमेका १२ र पुथाउत्तर गंगागाउँपालिकाका १३ विद्यालयका १–३ कक्षामा अहिले आफ्नै मातृ भाषामा पढाइ भइरहेको छ । यी दुवै पालिकामा मगर समुदायको बाहुल्य छ । उनीहरू खामभाषा बोल्छन् ।
औपचारिक बाहेक अरु सबै कामकाज र बोलीचालीखाम भाषामै हुन्छ । विद्यालयमा नेपाली भाषामा पढ्नुपर्दा उनीहरूलाई बुझ्न कठिन भइरहेको थियो । त्यही अप्ठ्यारोलाई लक्षित गरी पछिल्लो समय मातृभाषामा आधारित बहुभाषा शिक्षालागू गरिएको छ ।
युनाइडेट मिसन टू रुकुमपूर्व क्लस्टरको आर्थिक सहयोगमा नेपाल मगर समाज सेवातथा सूचना केन्द्र मिक नेपालको सहजीकरणमा यो कार्यक्रम सञ्चालन भइरहेको मिक नेपालका कार्यक्रम संयोजक मुकुन्द पुनले जानकारी दिनुभयो । फाइल तस्वीर
Discussion about this post