खोजखबर संवाददाता

काठमाडौं असोज ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नु भयको छ ।
संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको भन्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरु मिलरे अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेसका सभापति समेत रहेका स्व.सुशील कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानकाे चर्चा समेत गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको बताए । नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि बढन सकिने पनि स्पष्ट पारे ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री स्व. कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गर्नु भयको थियो।
Discussion about this post