बाँके असोज १४ गते ।
बाँके प्रहरीले नेपालगन्जबाट भन्सार छलिको अवैध सामान बरामद गरेको छ । नेपालगन्ज उमहानगरपालिका–१० बाट झन्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
लत्ताकपडा, विद्युतिय सामान, घन्टीलगायतको १ लाख ८३ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
Discussion about this post