बाँके असोज १५ गते ।
सशस्त्र प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बाँके जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर खड्काको कमान्डमा रहेको मोबाइल गस्ती टोलिले ठूलो परिमाणमा अवैध भन्सार छलीको सामान बरामद गरेको हो ।
अवैध रुपमा भारतबाट भन्सार छलि भित्र्याइएको मोटर पार्टस, लत्ताकपडा, बिद्धुतिय सामान, फलफूल र किराना सामानहरु बरामद गरिएको बिओपी जमुनाहका सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाले जानकारी दिनुभयो।
सशस्त्र प्रहरीका अनुसार ल्याउँदै गरेको सामान मोबाइल गस्ती टोलिलाई देखेर तस्कर फरार भएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका–१५ हड्डी चोक नजिकैबाट बरामद गरिएको १ लाख १६ हजार मूल्य बराबरको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताउनुभयो।
Discussion about this post