बाँके असोज १८ गते ।
बाँकेको जानकी गाउँपालिका २ बेलभारमा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुव्र्यवहारको घटनामा प्रहरीले माफी मागेको छ ।
वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्य्क्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुव्र्यवहारको प्रयास गरेको थियो ।
सोही क्रममा असइ एसके चौधरीले पत्रकारको क्यामेरा थुत्ने र गल्हत्याउने काम गरेका थिए । पत्रकार महासंघ बांकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टिम र बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपाने बिच आज भएको छलफलमा असइ चौधरीले माफी मागेका हुन ।
चौधरीले हाम्रो छलफलमै गल्ती भएको भन्दै माफी माग्नु भयो महासंघका अध्यक्ष भण्डारीले भन्नुभयो-`पत्रकारहरुको सुरक्षाका लागि महासंघ प्रतिबद्ध छ । ´ वडाअध्यक्ष भने अहिले सम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
Discussion about this post