बाँके असोज १९ गते ।
विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् ।
फेसबुक कम्पनीका यी तीनवटै सामाजिक सञ्जालहरू वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । सेवा अवरुद्ध भएपछि अर्बौं सेवाग्राहीहरू प्रभावित बनेका थिए ।
फेसबुकले यसबारेमा ट्विट गर्दै सेवाग्राहीसँग माफी मागेको छ । फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्नो सेवाले शतप्रतिशत काम गर्न भने केही समय लाग्ने बताएका छन् ।
नाम बताउन नचाहने फेसबुका थुप्रै कर्मचारीहरूले आन्तरिक गल्तीका कारण सेवा अवरुद्ध भएको बताएका छन् ।
Discussion about this post