बाँके असोज २२ गते ।
कोरोना महामारीका कारण लामो समयसम्म नेपाल भारत सीमा नाका जमुनाह बन्द रह्यो । नाका बन्द हुँदा सीमावर्तीका स्थानीयलाई आउजाउका निकै सास्ती खेप्नु पर्यो ।
जस्का कारण नाका समेत अव्यस्थित हुन पुग्यो । पैदलयात्रुलाई नाका वारपार गर्न दिने गरिएको भएपनि निजी सवारीसाधन भने वारी नै पार्किङ गर्नुपथ्र्यो । तर संक्रमण दर घट्दै गएपछि नेपाल सरकारले करिव दुई साता अघि नाका खुल्ला गर्ने निर्णय गर्यो ।

नाका खुल्ला गर्ने निर्णयसँगै मानिसहरुको चाप स्वभाविकरुपमा बढेको छ । तर व्यवस्थित पनि भइरहेको छ । पार्किङको समस्या हटेको छ । नाका बन्द हुँदा पार्किङ शुल्क तिरेर नागरिकहरु पारि जाने गरेका थिए।
भाइरस संक्रमणको जोखिमलाई ध्यान दिएर नाकामा एन्टिजेन परीक्षण भइरहेको छ । शंकास्पदलाई होल्डीङ सेन्टरमा राख्ने गरिएको छ । हिंजोआज नेपालगन्जको जमुनाह नाका भएर दैनिक ५ हजार बढी परदेशीहरु भित्रिरहेका छन् ।

यस्तै किनमेलका लागि दैनिक त्यतिकै हाराहारीमा मानिसहरु रुपैडिया गइरहेका छन् । एक साता अघि जमुनाह नाकाको कमाण्ड सम्हालेपछि मीनबहादुर विष्ट भने अहोरात्र नाकामा खटिएका छन् ।
नाकालाई व्यस्थित गर्ने सवालमा उनले प्रभावकारी कामहरु गरिरहेका छन् । यसअघि जस्तो नाका कुरुप देखिएको छैन् । अव्यवस्थित भीडभाड पनि छैन् । भीडलाई व्यवस्थित बनाएर नाकाबाट हुने आवागमनलाई सहज बनाइरहेका छन् ।

नाका खुलेसँगै आवागमन सहज हुँदा नागरिकपनि खुसी छन् । कोहलपुरकी मीना जोशीले नाका खुलेसँगै सहजरुपमा आउनजान पाइएको भन्दै खुसी ब्यक्त गनुएभयो ।

रामप्रसाद कुर्मीको प्रत्येक महिना लखनउ जाने काम पर्छ । यसअघि नाकामा घण्टौ लाइन बस्नु पथ्र्यो । तर अहिले पनि सहज तरिकाबाट जान आउन मिलेको बताउनुभयो ।
जमुनाह नाकाका इन्चार्ज विष्टले नाकामा हुने लुटपाट र चोरी नियन्त्रणमा प्रभावकारी काम गर्ने बताउनुभयो ।

भारतबाट आउने नेपालीलाई अटो रिक्सा र होटलका विचौलियाहरुले दिने गरेको दुख अहिलेपनि ठप्प भएको बताउनुभयो । नाकामा सहज आउतजाउत हुन थालेपछि सीमावर्ती क्षेत्रका नागरिक खुसी भएका छन् ।
Discussion about this post