वसिम अन्सारी
बाँके असोज २२ गते ।
भन्सार छलिको ठूलो सामान प्रहरीले वेवारिसे अवस्थामा फेला परेको छ।
जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टका अनुसार, भन्सार पैठारी गरि ल्याइएको लत्ताकपडा, भाडावर्तन, किराना तथा खाद्यान्न लगायतको सामान नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट बरामद गरिएको हो ।
५ लाख २२ हजार ३ सय १० रुपैयाँ बराबरको उक्त सामान आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि विष्टले बताउनुभयो । कूर्ता सुरुवाल, अण्डवयर, सेन्डो, हाते सामान, जेन्स टिसर्ट, तनना, कोटको कपडा, त्यस्तै डाल्डा घ्यु, सिल्भर, मिट मसाला, स्विट सुपारीलगायतको सामान रहेको विष्टले बताउनुभयो ।
बरामद गरिएको सामान आज भन्सार कार्यालयमा बुझाइएको छ । विष्टले जमुनाह प्रहरीको इन्चार्जको कमाण्ड सम्हालेपछि आफै डिडउटीमा खटिएर गस्ती गर्ने गरेका छन् ।
Discussion about this post