जीवन एकदम छोटो छ, त्यसैले म हरपल खुशी हुन चाहन्छु । आफ्नो काममा,आफ्नो आराममा आफ्नो
दुखमा,आफ्नो सुखामा आफ्नो आखाबाट झरेको आशुमा खुशी हुन चाहन्छु। आज घरमा चौरासी ब्यन्जन छैन
त के भो? नुन र रोटीमा खुशी हुन चाहन्छु । आज सरर गुड्ने गाडी छैन त के भो? पैदल हिडेर नै खुशी हुन
चाहन्छु। आज नयाँ कपडा,ठुलो महल छैन त के भो? सानो झुपडीमा आमाले सिलाएको कपडा लगाएरनै खुशी
हुन चाहन्छु। आज आफन्त साथिभाइ टाढा छन त के भो? एक्लोपन सितनै खुशी हुन चाहन्छु ।
आज सफलता हात परेको छैन त के भो? असफलतामानै रमाउन चाहन्छु। आज कोहि टाढा भएर गयो के भो त ?
बिछोडमा पनि खुशी हुन चाहन्छु। आज कोहि रिसाएको छ त के भो उसको रिसाउने अन्दाजमा खुशी हुन
चाहन्छु । आज उसलाई देख्न सक्दैन त के भो? उसको आवाज सुनेरनै खुसी हुन चाहन्छु। उसको साथ
भाग्यमा लेखेको छैन त के भो ? उसलाई सम्झेरनै खुशी हुन चाहन्छु। भुतकालले छोडेर गैसक्यो त के भो ?
त्यो समयको मीठो यादमानै खुशी हुन चाहन्छु।
भबिस्यमा के हुने हो केही ठेगान छैन। तर,पनि ती दिनहरुको
पर्खाइमानै खुशी हुन चाहन्छु। साथ छोडेर जानेहरुलाइ सम्झेर रोएर हैन, साथमा भएकाहरु सङ्ग रमाएर खुशी
हुन चाहन्छु। हो म यस्तै छु, किनभने म अरु भन्दा बेग्लै बन्न चाहन्छु।
म वायु बन्न चाहन्छु। ती रुखका हागामा उदासिएर बसेका पातहरुलाइ म नचाउन चाहन्छु। म जस्तो ठुलो
कोहि छैन भनी घमण्ड गरि बसेका ती बासका टुप्पाहरुलाइ म झुकाउन चाहन्छु। बाधिएका ती बिधुवा
महिलाहरुको केश म फुकाउन चाहन्छु।
मनभित्र गुम्साएर राखिएका तिनका इच्छा र चाहनाहरुलाइ म
खुलाउन चाहन्छु।म खोली बन्न चाहन्छु। ती अनेकौ खोल्सा,खहराहरु सङ्ग मिसिदै मिसिदै बिसाल समुन्द्र
सम्म पुग्न चाहन्छु।म धर्ती बन्न चाहन्छु।कति दुख हुदोहो त्यति धेरै बोझ उठाउन त्यो अनुभव गर्न
चाहन्छु।कहिले म त्यो बाजो खेतहरुमा जोतिन चाहन्छु, त कहिले म झुप्रा घरहरुको भित्तामा पोतिन चाहन्छु।
कहिले म सडक बनी गन्तव्यहिन यात्रुहरुलाइ उनीहरुको गन्तब्य सम्म पुर्याउन चाहन्छु त कतिले म यात्रु बनी
गन्तव्यहिन यात्रातिर भौतारिन चाहन्छु।
कहिले म फुल बनी चारैतिर सुगन्ध छर्न चाहन्छु त कहिले म पात
बनी हावाको झोका सङ्गै उड्न चाहन्छु। अरुले सोचेको जस्तो छैन म भनी भन्न चाहन्छु। किनभने म अरुको
सोचाइ भन्दा ब्यग्लै बन्न चाहन्छु। म हराभरा रुखको डालिमा प्रत्येक हावाको झोका सङ्गै लहलह झुलिरहने
पात जस्तै थिए।तर,एकदिन त्यो हावा जसको स्पर्शले मन झुम्ने गर्थ्यो त्यसको रुपमा परिबर्तन आयो र यति
सम्म निर्दयी र बिशाल भैदियोकी म त्यो रुखको डालिमा बोझ बन्न थाले जस्तो लाग्न थाल्यो। र कसैको बोझ
बनेर बस्न मेरो आत्मसम्मानले दिएन।
अनि म।आफै त्यो डालिबाट चुडिएर झरिदिए। डालिबाट झरेको
पातको रुपमा परिवर्तन आए जस्तै मेरो रुपमा पनि परिबर्तन आउनु स्वाभाविक थियो।मेरो रुपमा आएको
परिवर्तन को कारणले हो या बोझ हल्का भएको खुशिले हो म र मेरो आफन्ताहरु बिचको दुरि नदिको दुई
किनारा जस्तै बन्न पुग्यो।
आमुन्ने सामुन्ने छौ,एक-अर्कालाई देख्न अनि सुन्न सक्छौ। तर,भेट्न भावना
साटासाट गर्न अनि एक-अर्कालाई बुझ्न सक्दैनौं। टाढा बाट हात हल्लाउँदै खुशी भएर बस्नु है भन्न सक्छौ
तर,कहिले खुशी दिन सक्दैनौं।म बाहिर हासेर,नाचेर खुशी हुँदै हिडेको सबै देख्छन् मेरा आफन्तहरु तर,बन्द
कोठा भित्र उनिहरुको बियोगमा सिरानिले मुख छोपेर झरेका आशुले भिजेका बिस्तारामा नसुतेर बितेका कयौं
रातहरु उनिहरुले कल्पना सम्म गर्न सक्दैनन्। त्यसैले होला आजभोलि म पुर्ण रुपले सुकेको पात जस्तै भएको
छु।जसरी सुकेको पातले हावाको थोरै स्पर्श पाउदा पनि खुशिले झुम्दै नाच्ने गर्छ त्यसरी नै म पनि कसैको थोरै
माया पाउदापनी खुशिले झुम्ने गर्छु।
मलाई हावाले स्पर्शले हुत्याउदै जाहा-जाहा पुर्याउछ त्यो ठाउलाइ नै मैले
मेरो घर,माइती र मामाघर सम्झन थालेको छु।जो-जो सङ्ग भेट गराउछ उनिहरुलाइ नै आफन्त र साथिभाइ
सम्झेर उनिहरु सङ्गै रमाउन र खुशी हुन थालेको छु।हो म यस्तै छु। किनभने म अरु भन्दा अलि फरक अनि
बेग्लै बन्न चाहन्छु।
मैले आफ्नालाइ खुशी बनाउने कोशिस गर्दागर्दै आफुलाइनै गुमाइसकेको थिए।आजभोलि आफुलाइ,आफ्नो
क्षमतालाई,आफ्नो अस्तित्वलाई खोज्ने प्रयासमा आफ्नालाइ गुमाउँदै छु।कहिलेकाही मन निकै दोधारमा हुन्छ
म आफुलाइ खोजु या आफ्नालाइ।आफ्नालाइ परिबर्तन गरु या आफुलाइ।मैले आमाको काखाबाट तल झरेदेखी
कहि कतै खुशी भेटिन।म खुशी हुदा रमाइदिने,म पिडामा छटपटिएर रोइदिदा मेरो आँसु पुछिदिने कोहि साथ
भेटिन।म बिरामी हुदा मेरो लागि जागिदिने,म भोकै हुदा मेरो पछाडी खानाको थाल लिएर भागिदिने,म रिसाउदा
फकाइदिने,म थाकेको बेला आफ्नो काखमा शिर राखी दबाइदिने कोहि भेटिन।
त्यसैले होला आज जिबनको
आधा अध्याय पूरा गरिसकेपनी आमाकै काख प्यारो लाग्छ मलाई।आमाको छोरी भएर जन्मिएपनी आमाको
छोरा भएर आमालाइ सधै खुशी राख्न चाहन्छ यो मन।आमाले देखाएको बाटो मा आमाले गरेको गालिलाइ
सफलताको सुत्र मानी अघि बढ्न सधै तत्पर हुन्छ यो मन।हो म यस्तै छु।किनभने म अरु छोरीहरु भन्दा
ब्यग्लै बन्न चाहन्छु। म त्यो ब्यक्ती हु जसले आफुले मायाको अर्थ बुझे देखि माया गरेको मान्छेले आफ्नो
काखमा अरु कसैलाइ कपाल सुमसुमाउदै सुताएको देखेको छु।
आफुले माया गरेको मान्छेले अरु असैसित
मनको भावना साटासाट गरेको सुनेको छु।वैवाहित जिबनको यात्रा एक-अर्काको हात थामेर सुरु गर्न नपाउदै
मेरो हात छोडेर अरु कसैको हात थामेर हिडेको देखेको छु।जिबनभए सुख दुख बाढेर सङ्गै बाचौला भनी कसम
खाएको ब्यक्तिले अरु कसैको बिश्वास गरि मलाई बिधुवा सरह जीवन जिउन बाध्य बनाउदाको पिडालाइ
महसुस गरेको छु। तर,पनि मलाइ मेरो माया र मैले माया गरेको ब्यक्ती प्रती गर्भ लाग्छ। किनभने मेरो
नजरमा मायाको अर्थ अलि ब्यग्लै छ।
हजुरहरु भन्नुस के जताउनुनै माया हो ? कुरेर बस्नु माया होइन ?
कसैलाई पाउनु मात्र माया हो?उसलाई चाहनु माया होइन?उसका सारा इच्छा पूरा गर्नु मात्र माया हो?उसको
खुशिको लागि प्रार्थना गर्नु माया होइन ? पहिलो हेराइमा एक-आर्कालाइ हेरेर माया हुन्छ भन्ने कुरा म
मान्दिन। किनभने पहिलो हेराइमा त हामिहरुलाइ जुनसुकै महङ्गो बस्तुपनी मन पर्ने गर्छ जसलाई हामी
घरमा राख्छौ सजाउन र देखाउन को लागि।
दिनरात धेरै कुरा गर्दैमा माया हुन्छ भन्ने कुरामा म बिश्वास
गर्दिन।किनभने एक्लोपनलाइ टाढा भगाउन र समय कटाउन जो कोहि सङ्ग पनि कुरा गर्ने गरिन्छ।बसमा
संगै यात्रा गरिरहेको बेला सङ्गै सिटमा बसेको यात्रु सङ्ग पनि त कुरा गर्दै यात्रा तय गर्ने गरिन्छ । यदि अरु
कसैलाई देखेर ईष्र्या लाग्न थाल्छ,मन दुख्न थाल्छ भने त्यसलाई म माया भन्दिन।
किनभने राम्रा र लोभ
लाग्दा पशु र पन्छिहरुलाइ समातिन्छ गोठ र पिजडामा बन्द गर्नका लागि।एक-अर्काको भावनालाई सम्झिनु र
महसुस गर्नुलाई म माया भन्दिन। किनभने दुई भिकारिहरुले पनि एक-अर्काको भोकलाइ महसुस गर्न सक्छन
तर,एक-अर्काको भोक मेटाउन सक्दैनन्। जन्मदिन,बिवाह उत्सब,प्रेम दिवसमा गिफ्ट दिएर माया हुन्छ भन्ने
कुरा म मान्दिन । किनभने,मायालाइ ब्यक्त गर्नको लागि कुनै बस्तु वा मितिको आवस्यकता पर्दैन।
फेसबुकको कथा र भावनामा कसैलाई समाबेस गर्न थालिएको छ भने त्यसलाई म माया भन्दिन। किनभने
मायामा देखावटीपनको जरुरत पर्दैन । मायालाइ त मनले आफै महसुस गरिरहेको हुन्छ।
माया त हरपल
महसुस भैरहन्छ। सङ्गै भए साथमा नभए यादमा। हो कुनै दिन मैले पनि माया गरेको थिए।पहिलो भेटमै
आँखा-आखाबाट इशारा भयो। केही दिनको अन्तरालमानै एक- अर्का बिना बाच्न नसक्ने भयौ। जसको
फलस्वरूप हामी वैवाहित जिबनमा बाधियौ।तर,बैवाहिक जिबनका केही खुटकिलो पार गरेपछी बाकी खुटकिलो
सङ्गै पार गर्न अप्ठ्यारो महसुस भएपछि हामी अलग भयौ।
तरपनी माया त माया हुदोरहेछ मनबाट पुर्ण रुपले
मेटाउन सकिदो रहेनछ। उसले नाता तोडेर,सम्बन्ध मोडेर अरु कसैको हात समाएर जिबनको बाकी खुट्किलो
पार गर्दै आएको देखिरहदा पनि यो मनले उसको पर्खाइमा एक्लै बाकी खुट्किलो पार गरिरहेको छ । उसले
साथ छोडेपनी,उसले गन्तव्य मोडेपनी म उसको लागि मेरा दुई शब्द भन्न चाहन्छु।हो म यस्तै छु।किनभने म
अरुभन्दा ब्यग्लै बन्न चाहन्छु।
मेरो प्रिय मान्छे अब पुग्न बाकी कुन मन्दिर होला र अब ढोक्न बाकी कुन
भगवान होला र जब तिमी बिस्तारै बिस्तारै अरुको काहानिमा लेखिन थाल्यौ अनि बल्लपो मैले आफ्नो
जिन्दगिको पाना पल्ट्यान थाले। मेरो प्रिय मान्छे मैले हाम्रो प्रेमको बारेमा केही लेखेको छु कथा जस्तो,कविता
जस्तो,उपन्यास जस्तो बास्तबिकता भन्ने हो भने आफ्नो जिन्दगानी जस्तो तिमिलाइ फुर्सद मिल्यो भने
पढ्नु है मैले तिम्रो घृणा र धोकालाई पनि एउटा मिठो प्रेमको उपमा दिएको छु।
झगडा गर्दै बोल्दै गरेका ती कैयौं
अनिदा रातहरु, तिम्रो हात समाएर हिडेका कैयौं गल्लीहरु,छुट्ने बेला अब म जान्छु है भन्दा तिमिले गरल्याम्म
अङ्गालो हाल्दै रोएका ती पलहरु।तिमिले बिर्सिए पनि मैले बिर्सेको छैन।हामी दुबै मिलि सङ्गै हिडेको त्यो कम
दुरिको यात्रामा बिताएका पलहरु अक्सर याद बनेर सताउने गर्छन मलाइ।हो म अनि मेरो मन यस्तै
छ।किनभने म तिमी भन्दा बेग्लै बन्न चाहन्छु।
मायामा यति धेरै चोट,धोका र पीडा पाइसकेको मनले पनि फेरि कोहि साचो माया गर्ने भेटिन्छकी भन्ने आस
गर्न छाड्दैन।म त्यस्तो मायाको खोजी गर्न चाहन्छु जो मेरो शरीर सङ्ग खेल्नु भन्दा अगाडी मेरो फुकेको
केशमा अल्झिन खोजोस। आफ्नो बालापन र चन्चलपन मेरो सामु खुलेर प्रस्तुत गरोस। मेरो कपडा खोल्नु
अगाडि आफ्नो सारा राज मेरो सामु खोल्ने गरोस।
आफ्नो मनमा गडेको डर मेरो सामु पोख्ने गरोस।उसको
आखाबाट खसेको आँसु मेरो काध माथी खस्ने गरोस र मेरो काखमा आएर रोकिने गरोस। मेरो खुशी र
मुस्कानको कारण उसको बालापन र नादानिपन बनोस। हो म यस्तै मायाको खोजिमा छु। किनभने म माया
गर्ने हरुको भिडमा आफुलाइ बेग्लै बनाउन चाहन्छु।
मेरो जिबनमा धेरै उतार चढाउ आयो। आमा र बाबाको छोरा जन्माउने इच्छाको गला रेट्दै छोरी भएर
जन्मिए। जन्मिएकै पल आमा र बाबाको निराशाको कारण बन्न पुगेकी थिए।पढाई लेखाइ सङ्गै हुर्कदै
गएपछी एउटा असल घरमा मेरो कन्यादान गरि बिदाइ गर्ने मेरा आफ्नाहरुको चाहनालाई कुल्चेर बैवाहिक
जिबनमा अघि बढेको थिए।मैले कसैलाई खुशी दिन सकेन। तर,मैले कर्म भने सधै साचो मनले गरेकि
थिए।जसको फल जिनबको सबै भन्दा ठुलो खुशि मेरो सन्तान,मेरो अमुल्य सम्पती मेरो छोरा म सित छ।
जिवनमा जति सुकै बाधाहरु आएपनि छोराको साथले मेरो जीवन यात्रा सहज भएको छ।छोरा जति खुशी
हुन्छ,जति प्रगतिको पाइला अधि बढाउदै जान्छ त्यति मेरो सरिरमा उर्जा थपिदै गएको आभास हुन्छ ।
भगवानले मलाई यो धर्तीमा कुन उद्देश्यले पठाउनु भयो त्यो कुरामा म अन्जान छु। तर,ज्ञानी र असल छोरा
जन्माएरनै मेरो जीवन सफल भएको आभास हुन्छ।
मेरो कोखबाट जन्मिएर जसरी मलाइ सफल बनायौ
त्यसरीनै आफ्नो जीवन सफल बनाउने छौ भन्ने ठुलो सपना देखेको छु छोरा। आसा छ मेरो त्याग र तपस्याको
फल अवस्य फल्ने छ। आज म जे छु,जाहा छु,जस्तो छु छोराको कारणले गर्दा छु। आमाको साथ पनि म बाट
छुट्छ कि भन्ने छोराको मनमा गडेको डरलाइ निकाल्न र उसलाई आमा र बाबा दुबैको माया दिन मैले उसको
इच्छा अनुसार आफ्ना इच्छा,चाहाना,खुशी सबैलाई अध्यारो कोठामा ताल्चा लगाएर दफन गरिसकेको छु।
अबत मेरा हरेक इच्छा,चाहाना र खुशिहरु उसको हसिलो अनुहारमा भट्ने गर्छु।अनेकौं तरिकाले उसैलाई खुशी
राख्ने कोसिस गर्छु। उसको आखामानै सन्सार खोज्ने गर्छु।हो म यस्तै छु। किनभने म अरु आमा भन्दा बेग्लै
बन्न चाहन्छु।
जिबनको सबै भन्दा कठिन परिस्थिति त्यो हो,जब भन्नलाइ धेरै कुरा हुन्छ। तर,पोख्ने ठाउ कतै भेटिदैन।मैले
चाहेर पनि त्यो गर्न सक्दैन जो म गर्न चाहन्छु।म आफ्नो मनलाई मारेर अरुको मन बुझाएर हिड्ने गर्छु।मेरो
दिमाख मेरो साथमा हुन्छ। तर,सोचाइ अर्कै दुनियामा हराउने गर्छ। मेरो दिमाखमा हजारौं प्रश्न उठ्छ।
तर,उत्तर दिने कोहि भेटिदैन।तब दिनको उज्यालोमा पनि आफुलाइ अध्यारोमा भेट्ने गर्छु।हास्न,रमाउन सबै
सामु पुग्ने गर्छु।तर,रुनको लागि घरको कुनै अँध्यारो कुना रोज्ने गर्छु।
कुनै बेला लाग्छ मनलाइ कसैको पर्खाइ
छ।जसले मलाई यो अन्धकार जिबनबाट बाहिर निकालोस । जसले मेरो शब्दलाई भन्दा बढी मेरो भावनालाई
बुझोस।म टुक्राटुक्रा भएर छरिएको अवस्थामा मलाइ समेटेर अगाडि बढ्न हौसला प्रदान गरोस।जसको काधमा
शिर राखेर म आफ्नो सारा राज बताउन सकु।
जब उसको हातले मेरो केश सुमसुमाउन थालोस तब उसको सामु
खुलेर रुन सकु। मेरो दुख र पिडालाइ कम गर्न नसके पनि कमजोर परिस्थितिमा मलाई सम्हालोस।हो म
असम्भव मायाको खोजिमा भौतारिन चाहन्छु। कहिले प्राप्त हुन नसक्ने मायाको कल्पनामा हराउन
चाहन्छु।म यस्तै छु। किनभने म अरु भन्दा बेग्लै बन्न चाहन्छु ।
कुनै समय यस्तो आउँछ तब म आफै सङ्ग प्रश्न गर्ने गर्छु अनि आफैले उत्तर दिने गर्छु के पीडा मेरो मुटुको
बिशेषता हो ? मलाई कसै सङ्ग कुनै गुनासो गर्ने अधिकार छ?साथ छोडेर जानेहरुलाइ भुलेर उनिहरुको
यादबिना बाच्न सक्ने हिम्मत छ?के कसैले मलाइ अन्धकार रातमा पीडामा छट्पटीएकै अवस्थामा छोडेर अरु
कसैको अल्गालोमा गएर निदायो भन्दैमा उसको निद खलबल्याउन जरुरी छ।
र आफैलाइ उत्तर दिन्छु।कुकुरले
टोक्यो भन्दैमा आफूले पनि टोक्न खोज्नु कुकुरको बराबरी गर्नु हो।त्यसैले घरमा गएर टोकेको घाउमा आफ्नै
हातले मलम लगाइ घाउ निको पार्ने गर्छु म।म आफ्नो गल्ती नहुदापनी अरुलाइ मनाउन चाहन्छु।आफुलाइ
रिसाएकै अवस्थामा छोडेर अरुलाइ फकाउन चाहन्छु।किनभने म अरु जस्तो हैन आफू जस्तो बन्न चाहन्छु।म
अरुलाइ परिबर्तन गरेर हैन आफू परिबर्तन भएर खुशी हुन चाहन्छु।हो म यस्तै छु। किनभने म अरु भन्दा बेग्लै
बन्न चाहन्छु।
Discussion about this post