खोजखबर संवाददाता
बाँके असोज ३ गते । प्रगतिको आधार , कामना सेवा संग कारोबार भन्ने मूल नाराको साथ कामना सेवा बिकास बैंक ले “कामना सरसफाई अभियान २०७६” बाँके लगायत देशभरी नै संञ्चालन गरेको छ ।
आम जनता माझ विभिन्न बैंकिङ सेवा सुबिधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रिय कार्यालय लगायतको देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत ” कामना सरसफाइ अभियान २०७६ ” को आयोजना गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त अभियानले सरसफाइ र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ ।
संविधान दिवसको अवसरमा बैंकले OD CARD सेवाको शुभारम्भ गर्नुका साथै सम्पुर्ण कर्मचारी बिच संविधान दिवस विशेष रङगोली प्रतियोगिता समेत आयोजना गरीयको छ।
संविधान दिवसको अवसरमा कामना सेवा विकास बैंकको तीन शाखा – नेपालगन्ज , कोहलपुर र बैजनाथले नेपालगन्ज स्थित बागेश्वरी मन्दिरको सरसफाइ गरेको छ । कार्यक्रममा कामना सेवा विकास बैंकका प्रदेश नं. ५ का प्रमुख राजेश रावल , बैंकका कर्मचारी , पत्रकार , सहयोगी आदिको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रम बिहान ६ बजे देखि ८ बजे सम्म रहेको र बागेश्वरी प्राङ्गणको साथै वरिपरि सरसफाइ गरिएको छ । विभिन्न सेवासुबिधा दिँदै आएको कामना सेवा बैंकले अगामी दिनमा अझै थप सेवा बिस्तार गर्ने प्रतिबद्धता समेत गरेको छ ।
Discussion about this post