बाँके कार्तिक २ गते ।
बाँकेको राप्ती नदीको भंगालोमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्धार गरेको छ ।
डुडुवा गाउँपालिका ४ का ३० बर्षीय प्रमोद लोनिया, ६५ बर्षीय महोमद नजिर, ५७ बर्षीय सौखद नाउ र ५५ बर्षीय साक्बिर खाँलाई १३ घण्टापछि सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरी निरीक्षक धन बहादुर बोहराको विपद व्यवस्थापन टोलीले सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिका छन् ।
डुडुवा गाउँपालिका ५ मा पर्ने खजुरा खोला तरेर सोमबार बिहान ११ बजे जंगली करेली खोज्न गएका ती ४ जना साँझ फर्किने क्रममा बर्षाका कारण राप्ती नदी बढेकाले खजुरा खोला र राप्तीको भंगालोमा फसेका थिए ।
Discussion about this post