
भिम पौडेल बाँके असोज ४ गते । कोहलपुर नगरपालिका भित्र रहेका सार्बजनिक जमिनमा नगरपालिकाका्े स्वीकृत बिनानै निर्माण सामाग्रीहरु राखिएका छन । जसले गर्दा पैदल यात्री, खेलाडीहरुलाई समस्या हुदै आएको छ ।
कोहलपुर क्षेत्र भित्र रहेका सार्बजनिक जग्गाहरुमा खोलाबाट ल्यइएका निर्माण सामाग्रीहरु ढुङ्गा, गिट्टी,बालुवाहरु राखिएका छन । वसले गर्दा पैदल यात्री र खेल खेल्ने खेलाडीहरुलाई समस्या हुदै आएको छ । फिल्डमा राखिएका सामाग्रीका कारण खेलाडीहरुलाई सास्या त छदै छ सहरको सुन्दरतापनि कुरुप बनाएको खेलाडी यूवराज शाहीले जानकारी दिए । खेल प्रेमिहरुले संरक्षण गर्दै आएको फिल्ड यतिबेला गिट्टी बालुवाले गर्दा खाल्डा खुल्डीका साथै खेलाडीहरुलाई अभ्यास गर्न पनि कठिन बन्दै गएको शाहीले बताए ।
सार्बजनिक जग्गामा राखिएका अबैध सामाग्रीहरु हटाउनकालागी वडा कार्यालयले बिभिन्न समयमा ठेकेदारहरुलाई जानकारी दिए पनि उनीहरुले आफुलाई अटेर गरेको कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाले जानकारी दिए । थापाले भने आफुले मौखिक रुपमा जानकारी दिन सक्ने कानुनी प्राबधान रहेको र कुनै कारबाही गर्न सक्ने अधिकार नभएको हुदा आफु मौन झै हुनु परेको उनको भनाइ रहेको थियो ।
सार्बजनिक जग्गा,सडक वरीपरी राखिएका सामाग्रहीहरु हटाउनकालागि साल.त दिने सुचना प्रकाशित गरीएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले यदि कसैले सार्बजनिक जग्गामा रखीएका समाग्री हटाउन अटेरी गरेको खण्डमा कानुनी कारबाहीमा जाने बताए ।
कोहलपुर नगरपालिकाले सार्बजानीक जग्गामा राखिएका बिभिन्न सामाग्रीहरु हटाउनकालागि ७ दिने सुचना जारी गरे पनि कसैले टेडपुच्छर लगाएको पाईदैन । जसले गर्दा नगरपालिका निरीह हुदै आएको छ ।
Discussion about this post