बाँके कार्तिक ५ गते ।
लुम्बिनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले वर्षाका कारण क्षति ब्यहोरेका किसानका लागि प्रदेश सरकारले राहत उपलब्ध गराउने बताउनुभएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ३ ले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै हमालल किसानलाई परेको पीडामा प्रदेश सरकारले मल्हम लगाउने बताउनुभयो ।
हमालले नेपालगन्ज वडा नम्बर ३ सँग आफ्नो भावनात्मक सम्बन्ध जोडिएको भन्दै उक्त वडाको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
जामा मस्जिदमा आयोजित कार्यक्रममा वडाअध्यक्ष मोहम्मद अयुव सिद्धिकीले स्वागत तथा सम्मान गर्नुभएको थियो ।
वडाअध्यक्ष सिद्धिकीले हमाल मन्त्री भएपछि वडाबासी हर्षित भएको बताउनुभयो । उक्त कार्यक्रममा १ बोरि चामल, ५ किलो दाल २ लिटर तोरिको तेल, ५ किलो पिठो, ५ किलो आलु, १ किलो नुन र दुई सय रुपैया नगत सहित २५ जना अपंगता भएको व्यक्तिलाई वितरण गरिएको वडाअध्यक्ष सिद्दिकीले बताउनुभयो ।
Discussion about this post