बाँके कार्तिक ६ गते ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत् बाँकेमा आज ८१ वटै वडामा अधिवेशन भएको छ । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङका अनुसार बाँकेमा एमालेका ८ हजार संगठित सदस्य छन् ।
अध्यक्ष गुरुङले अधिवेशन उत्साहपूर्ण तरिकाले सम्पन्न भएको र सबै ठाउँमा सर्वसम्मत नेतृत्व छनौट भएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका ६ का वडाअध्यक्षमा विक्रान्त श्रीवास्तव चयन हुनुभएको छ ।
चार वर्षीय कार्यकालका लागि श्रीवास्तव अध्यक्षमा चयन हुनुभएको हो ।
उपाध्यक्षमा शान्ति खड्का, सचिवमा निमा कुमारी सोनी, उपसचिवमा ज्योति सुनार दिलिप कुमार दिक्षित, सदस्यहरुमा जसवन्दी थापा र लक्ष्मी सुनारसहित २७ सदस्यीय कमिटि चयन हुनुभएको छ ।
वडाअध्यक्षमा चयन भएपछि अध्यक्ष श्रीवास्तवले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले संगठनलाई संगठीतरुपमा रचनात्मक ढंगले अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
Discussion about this post