बाँके कार्तिक १० गते ।
नेपाल तरुण दलले आज आफ्नो ६८ औं स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा नेपाल तरुण दल बाँकेले आज विचार गोष्ठिको आयोजना गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलन, नेपाली काँग्रेस र तरुण दलको भूमिका बिषयक विचार गोष्ठिको आयोजना गरिएको तरुण दलका जिल्ला अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।
विहान साढे ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा विचार गोष्ठिको आयोजना गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठोरको प्रमुख आथित्यतामा हुने विचार गोष्ठिमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र हमाललाई पनि निम्त्याइएको छ ।
Discussion about this post