बाँके कार्तिक १४ गते ।
योग समिति नेपालले नरैनापुरको गोर्बधन धाम धार्मिक पर्यटन प्रर्बधनमा जोड दिएको छ । नेपालगन्जबाट पुगेको समितिको जम्वो टोलीले आन्तरिक धार्मिक पर्यटनका लागि गोर्बधन धाम उपयुक्त स्थल रहेकाले आवश्यक प्रचारप्रसारमा जोड दिएको हो ।
नरैनापुर गाउँपालिकादेखि उत्तर र राप्तीसोनारी गाउँपालिकादेखि दक्षिणमा रहेको उक्त धामको विकासका लागि पालिका अध्यक्ष इस्तियाक अहमद साहले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले योग समितिको टोलीलाई स्वागत गर्दै आफ्नो गाउँपालिकालाई आन्तरिक पर्यटिक क्षेत्रकोरुपमा विकास गर्न दीर्घकालिन योजना बनाइरहेको उल्लेख गर्नुभयो ।
हिन्दु धर्मअनुसार श्रीकृष्ण भगवानले गोर्वधन प्रवत उठाइ रक्षा गरेको किमदन्ती अनुसार यहाँ प्रत्येक वर्ष तिहारको गोबर्धन पुजामा मेला लाग्ने लाग्ने गर्छ ।
धामको फेदीमा झरणा छ । बरफानीबाबा र सन्तेश्वर मन्दिरको बीचमा धाम रहेको छ । योग समितिले यसअघि सन्तेश्वर मन्दिर पुगेर त्यहाँको पर्यटयिक प्रर्बधनमा जोड दिएको थियो ।
Discussion about this post