बाँके कार्तिक १४ गते ।
बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बैजनाथ गाउँपालिका–६ बस्ने ४२ वर्षीय नर बहादुर वलीलाई घरबाटै आज पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
वलीलाई २०७७ साल असोज २ गते जिल्ला अदालतले दोषी ठहर गरेको थियो । अदालतले वलीलाई ५ वर्ष ५ महिना १४ दिनको फैसला सुनाएको थियो ।
त्यसपछि उनी फरार थिए । पक्राउ परेका वलीलाई आजै जिल्ला अदालतमा बुझाईको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post