कैलाली कार्तिक १६ गते ।
सुदूरपश्चिमका किसान तीन गुणा सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका छन् । सरकारले मूल्यमात्रै तोकेर वेवास्ता गरेका कारण किसानहरु सस्तोमा धान बिक्रीगर्न बाध्य छन् ।
अविरल वर्षा हुनुभन्दा अगाडि भित्र्याइएको धानबिक्रीको दौडमा अहिले कैलाली, कञ्चनपुरका किसान छन् । सरकारले तोकेको भन्दा धेरै कममूल्यमा स्थानीय व्यापारीहरुलाई धान बिक्री गर्न बाध्य भएको कैलालीका किसान कमल चौधरीले बताउनुभयो ।
सरकारले निर्धारण मूल्यतोक्ने तर खरिद नगर्ने समस्याकाकारण किसानहरु पीडित बन्दै आएको अर्का किसान सोनुराम चौधरीको भनाइ छ। व्यापारीहरुले एक हजारदेखि १२ सयमामात्रै धान खरिद गरिरहेका छन् ।
यस वर्ष सरकारले मोटो धानको न्यूनतममूल्य प्रतिक्विन्टल दुई हजार सात सय ५२ रुपैयाँ र मध्यम धान दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको छ। तर सरकारी निकायले धानखरिद कोटा भने लगाएको छैन् ।
Discussion about this post