बाँके कार्तिक १६ गते ।
नेपालगन्जको जमुनाह प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित पटका बरामद गरेको छ ।
भारतबाट लुकिछिपी भित्र्याउन लागिएको करिव २ लाख मूल्य बराबरको पटका बरामद गरिएको हो ।
बरामद गरिएको पटका आज जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको छ ।
बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार, जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थितिमा उक्त पटका नष्ट गरिएको हो । तिहार सुरु भएसँगै भारतबाट प्रतिबन्धित पटकाजन्य विस्फोटक पदार्थहरु भित्र्याउने गरिएको छ ।
जमुनाहका प्रहरी इन्चार्ज मीनबहादुर विष्टको कमाण्डमा खटिएको टोलीले पटका नियन्त्रणमा लिएको हो । उहाँको कमाण्डमा मात्रै १ लाख ५० हजार र अन्य ५० हजार मूल्य बराबरको पटका घुमुवा प्रहरीको सक्रियतामा बरामद गरिएको हो ।
तिहारमा मनोरञ्जनका लागि पटका पटकाउने र आतासवाजी गर्ने गरिन्छ । तर यसलाई प्रहरी प्रशासनले प्रतिबन्ध गरेको छ । तर पनि बजारमा पटका पट्काउने क्रम सुरु भइसकेको छ ।
Discussion about this post