खोजखबर संवाददाता बाँके असोज ४ गते । जनमत पार्टी बाँकेद्वारा दुइटा वडा कमिटि निर्माण गरेको छ।
आज जानकी गाँउपालिका-६ कपासी र कोहलपुर -१५ मा जनमत पार्टीले आफ्नो संगठन विस्तार गरेको जानकारी बाँकेका नेता मो.हुशेन शाहले जानकारी गराएका छन।
जानकी-६ मा १५ सदस्यीय वडा कमिटी सुदिप गडाडियाको संयोजकत्वमा गठन गरेको छ, त्यसतै कोहलपुर -१५ मा रीता खटिकको संयोजकत्वमा ९ सदस्यीय वडा कमिटी गठन गरिएको छ, संयोजक मा रीता खटिक, संह-संयोजक शुभाष कुमार तमोली, सचिव संजय तमोली, सदस्यद्वय पुष्पा हरिजन, पुनम यादव, सुनिता यादव, विश्राम यादव, संतोश तमोली र गणेश तमोली रहेका छन।
कार्यक्रम मा जिल्ला नेताहरु मोहम्मद हुशेन शाह, अनवर खान आजाद, रियाज अंसारी, मुकिम अंसारी, जाबिर हल्वाइ, गोबिन्द पासवान, प्रदिप गडाडिया, राम किशुन बर्मा, तिरथ खटिक, एंव अन्य दर्जनौं नेता हरुको सहभागिता रहेको थियो। कार्यक्रम मुख्य अतिथि केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज इरफान अहमद शेषले कार्यक्रम मा संगठनको बारेमा विभिन्न किसिमको जानकारी एंव प्रशिक्षण सहित नीति नियमबारे जानकारी गराएका थिए ।
Discussion about this post