वसिम अन्सारी
बाँके कार्तिक २३ गते ।
बाँके प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गर्ने क्रम जारी राखेको छ । प्रहरीले भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको कस्मेटिकका विभिन्न सामान नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाको आधारमा ८७ हजार ६ सय पन्ध्र रुपैया मुल्य बराबरको भन्सार छली गरेर ल्याउँदै गरेको सामान बरामद गरेको बाँकेका प्रहरी प्रभक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको समेत बताउनुभयो ।
Discussion about this post