बाँके कार्तिक २८ गते ।
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनलाई आजदेखि देशव्यापी बनाएको छ । जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ ।
आजदेखि जिल्ला तथा इकाईहरु पनि आन्दोलनमा उत्रिएका छन् । उच्च अदालत बार एशोसिएसन नेपालगन्ज र जिल्ला अदालत बार एशोसियसन बाँकेले विहान साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा हातमा कालो पट्टी बाँधेर जवराविरुद्ध प्रदर्शन गरेका थिए ।
केन्द्रको सर्कुलर अनुसार तीन दिनसम्म हातमा कालो पट्टी बाँधेर विरोध गरिने जानकारी दिदै उच्च अदालत बार एशोसिएसनका पूर्वअध्यक्ष विकास आचार्यले जवराको वहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
Discussion about this post