बाँके कार्तिक २९ गते ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत् बाँकेको क्षेत्र नम्वर एकमा संस्थापन इतर समूहले झन्डै दुई तिहाई वडा कव्जा गरेको छ ।
क्षेत्र नम्वर एकमा पर्ने ३० वटा वडामध्ये संस्थापन इतर समूहले १९ वडामा सभापति जितेको युवा नेता पोषण केसीले जानकारी दिनुभयो । यस्तै संस्थापन समूहले भने ९ वटा वडामा मात्रै सभापति जित हासिल गरेको छ ।
कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई समेटेको क्षेत्र नम्वर एकमा कोहलपुर वडा नम्वर ७ र राप्तीसोनारीको वडा नम्वर ३ का सभापति भने दुवै समूहतर्फ खुलेका छैनन् ।
कोहलपुरमा वडा नम्वर ३, ४, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा संस्थापन इतर समूहले सभापतिसहित अधिकांश क्षेत्रीय प्रतिनिधि जितेको छ ।
संस्थापन समूहले भने १, २, ५ र ६ मा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरु जित हासिल गरेको छ । यस्तै राप्तीसोनारीमा २, ५, ८ र ९ नम्वर वडामा संस्थापन इतर समूहले कब्जा जमाउँदा १, ३, ६ र ७ मा भने संस्थापन पक्ष हावी देखिएको छ ।
यस्तै नरैनापुरमा १, २, ३, ४ र ५ नम्वर वडामा संस्थापन इतर समूहको वर्चश्व हुँदा वडा नम्वर ६ मा मात्रै संस्थापन समूह हावी देखिएको छ ।
Discussion about this post