वसिम अन्सारी
बाँके कार्तिक ३० गते ।
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका–४ को वडा सम्मेलन हुने भएको छ । यही मंसिर ४ गते वडा सम्मेलन हुन लागेको छ ।
संगठन विस्तार र सुदृढिकरणका लागि वडासम्मेलन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । त्यही भएर वडा भेला चयन गरिएको छ ।
जसको अध्यक्षमा मौसम रिजाल र सचिवमा रुपक देवकोटा रहनुभएको छ । त्यस्तै राजकुमार श्रेष्ठ, भीमबहादुर गुरुङ, विजया विकलगायत रहनुभएको छ ।
आजको वडा भेलालाई नेताहरु अक्कल बहादुर बम र बसन्त मल्ललगायतले सम्वोधन गर्नुभएको थियो । उहाँहरुले सम्वोधनका क्रममा पार्टीलाई एक ढिक्का बनाएर लैजान सम्मेलन महत्वपूर्ण हुने विचार राख्नुभएको थियो ।
Discussion about this post