बाँके मंसिर १ गते ।
सूर्य चुनाव चिन्हबाट यसअघिको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र दलबलसहित एमालेमा प्रवेश गर्ने भएका छन् ।
एमाले बाँकेका उपाध्यक्ष किश्मतकुमार कक्षपतिले मिश्रसहित तीन हजारभन्दा बढी नेता कार्यकर्तालाई एमाले प्रवेश गर्न ब्यापक तयारी गरेको दाबी गरे ।
आज मेरो प्लानेट फनपार्क बालेगाउँमा आयोजना गरिने पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल आउँदैछन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य मो हारुनले मधेसी र मुस्लिम समुदायका व्यक्तिले पार्टी प्रवेश गर्ने बताए । मिश्रसँगै करिम खाँ, गिरिजा पाठकलगायतले पार्टी प्रवेश गर्ने तयारी छ । नेता मिश्रले पार्टी प्रवेश गर्नेहरु ६० प्रतिशत बाँके क्षेत्र नं। २ का व्यक्तिहरु रहेको बताए ।
Discussion about this post