बाँके मंसिर १७ गते ।
देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णालीको हुम्लामा हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
चिसो बढ्न सुरु गरेसँगै बिहानको समयमा बाँकेसहित तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्न थालेको छ । बाँकेका विभिन्न क्षेत्रमा छिटपुट वर्षा भएको छ । हिंजोदेखि नेपालगन्जमा घाम लाग्न छाडेको छ ।
Discussion about this post