बाँके मंसिर १८ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वको लागि पनि मतदान भइरहेको छ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदै छ ।
बाँकेबाट महामन्त्रीसहित केन्द्रीय सदस्यमा १० जना चुनावी मैदानमा उत्रनु भएको छ । महामन्त्रीमा डा धवलशम्शेर राणा, केन्द्रीय सदस्यमा हिक्मत ढकाल, फत्तेसिंह थारु, ऋषि देवकोटा, मिना श्रेष्ठ, सरिता शाही, प्रदिप शाह, पवित्रा सुब्बा, ओमप्रकाश आजाद र सलाउद्दिन जसगढ चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो ।
करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलो पटक महाधिवेशन भइरहेको हो । काठमाडौंमा भइरहेको महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।
Discussion about this post