खोजखबर संवाददाता
बाँके असोज ५ गते । कोहलपुर प्रहरीले लागु औषध ब्राउन सुगर र नाईट्रोजेपाम सहित तिन जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बेलुका कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडीबाट २९ ग्राम २२ मिलिग्राम ब्राउन सुगर र २० ट्याबलेट नाईट्रोजेपामसहित लागु औषध कारोवारीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
लागु औषधको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा सिन्धुपाल्चोक दोराङ्सा गाउपालिका वडा नं. ३ बस्ने बर्ष बिकाश तामाङ, सोही ठाँउको तारा लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ बस्ने कुसुम तामाङलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीले जानकारी दिए ।
पक्राउ परेका तिनै जनालाई लागुऔषध कारोबार सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको शाहीले बताए ।
Discussion about this post