बाँके पुस ५ गते ।
संयुक्त विद्यार्थी संगठनले आज नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्ना दिएका छन ।
यातायात कार्यालय वाट प्रदान गरिने सेवा सुविधा सुधारको माग गर्दै उनिहरुले प्रदशन गरेका हुन । यातायात ब्यबसायीले विद्यार्थीलाई ४५ प्रतिशत छुट, जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई ५० प्रतिशत छुटका साथै यातायात ब्यबस्था कार्यालयवाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने भन्दै उनीहरुले एक घण्टा बिरोध जनाएका हुन ।
सार्वजनिक यातायातका साधनमा नेपाल सरकारले विद्यार्थीलाई सहुलियत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई छुट दिने ब्यबस्था गरेको भएपनि बाँकेका यातायात ब्यबसायिले छुट नदिएको भन्दै उनीहरु विरोधमा उत्रीएका हुन ।
आफुहरुका माग तत्काल पुरा नभए कडा आन्दोलनमा उत्रीनेृ संयुक्त विद्यार्थि संगठनले चेतावनी दिएको छ । एक घण्टाको बिरोध प्रदर्शनले यातायात ब्यबस्था कार्यालय बाँकेको काममा समेत बाधा पुगेको थियो ।
Discussion about this post