बाँके पुस ८ गते ।
सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–६ का ४३ वर्षीय पंचुराम कुम्हारलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
पंचुरामलाई जिल्ला अदालतले २०७५ साल असार २६ गते दोषी ठहर गर्दै एक वर्ष ११ महिना चार दिनको कैद सजाय तोकेको थियो ।
त्यसपछि पंचुराम सम्पर्कविहीन भएका थिए । उनलाई आज घरबाटै पक्राउ गरिएको हो । पक्राउ परेका पंचुरामलाई जिल्ला अदालतमा बुझाइएको छ ।
Discussion about this post