वसिम अन्सारी
बाँके पुस ८ गते ।
नेपालगन्जस्थित अम्विकेश्वरी यातायात प्रालिले वडा प्रहरी कार्यालय नेपालगन्जलाई आज सेवाग्राहीलाई बस्न सहजहोस् भनेर बेञ्च प्रदान गरेको छ ।
प्रालिका संचालक गोपाल ओलीले वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्कालाई बेञ्च हस्तान्तरण गर्नुभएको हो ।
१०–१२ जना व्यक्तिहरु बस्न मिल्ने सो बेञ्च करिव १० हजार मूल्य बराबरमा खरिद गरेर वडा प्रहरी कार्यालयलाई प्रदान गरिएको ओलीको भनाइ छ ।
वडा प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिकहरुलाई बेञ्च अभावमा बस्न सकस हुँदै आएको थियो ।
Discussion about this post