बाँके पुस ११ गते ।
पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।
मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । आज राति पश्चिमी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने उहाँले बताउनुभयो । यस्तै, भोलि पनि देशभरको मौसम यस्तै रहने छ । नेपालगन्ज आसपासमा भने घाम लागेको छ ।
Discussion about this post