सुर्खेत पुस ११ गते ।
बिगत लामो समय देखि देशका विभिन्न स्थानहरुमा आफ्ना दुईवटा बिचक्राफ्ट थप गरि पाँच वटा जेटस्टीम सहित कुल ७ वटा विमानबाट उडान शुरु गरेको कम्पनी गुण एयरलाइन्सले यहि पौष १८ अर्थात् जनवरी १ तारिख देखि सुर्खेत काठमाण्डौ नियमित उडान शुरु गर्न लागेको छ ।
यस अघि नै आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप बेलायती ५ वटा जेट्स्ट्रीम सहित कुल ७ वटा विमानबाट देशका विभिन्न प्रमुख शहरहरु भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज,विराटनगरमा र ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट सिमरामा नियमित हवाई उडान गरिरहेको गुण एयरलाइन्सले यहि पौष १८ देखि सुर्खेत काठमाण्डौ नियमित उडान शुरु गर्न लागेको हो ।
Discussion about this post