बाँके पुस १२ गते ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपालगन्ज उपमहानगरपालिका स्तरीय प्रथम नगरसभा नेपालगन्जमा सम्पन्न भएको छ । सभाले प्रेम बजगाईको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।
समितिको उपाध्यक्षमा गोरखबहादुर नेपाली, सचिवमा महेन्द्र लोध, कोषाध्यक्षमा गजेन्द्र बहादुर शाही, सहसचिवमा विमला बराल रहेका छन् । त्यस्तै सदस्यहरुमा तेजबहादुर सिंह, नेवलाल घर्ति, कमल चौधरी, नथुनीकुमारी चौधरी, शक्तबहादुर परियार, भिम सुनार, नमराज अधिकारी र महेश विक रहेका छन् ।
महासंघका अध्यक्ष पवनदेव अर्यालको अध्यक्षता तथा नगर अध्यक्ष रत्नबहादुर शाहीको प्रमुख आथित्यमा नगरसभा भएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता बसन्त मल्ल, प्रेमबहादुर शाह लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
Discussion about this post