बाँके पुस १२ गते ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन ।
यो प्रणालीका कारण देशका धेरै ठाउँमा भोलि र पर्सि पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजैदेखि नेपालमा परेको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ ।
आज तराईका जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार बिहीवारदेखि भने यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै जाने छ ।
Discussion about this post