बाँके पुस १७ गते ।
नेपालगन्जको जमुनाह नाकाबाट एकजना बालकको प्रहरीले आज उद्दार गरेको छ।
बीरेन्द्र नगरपालिका २ कोलडाँडा बस्ने ११ वर्षका बालक प्रेम नेपालीको प्रहरीले उद्दार गरेको हो।
नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाह नाकामा बेवारिसे अबस्थामा भेटिएका ती बालकलाई आफन्तको जिम्मा लगाइएको जमुनाहका प्रहरी इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालकलाई काकी नाता पर्ने सरस्वती नेपालीलाई जिम्मा लगाइएको हो ।
Discussion about this post