बाँके पुस २१ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४, बैजापुरको नयाँबस्तीका दुर्गा थारु पाटे बाघको आक्रमणबाट जोगिनु भएको छ ।
बैजापुरको कोल्टेखोला जङ्गलमा पात टिप्न गएका थारुलाई आज मध्यान्ह १२ बजेतिर बयस्क पाटेबाघले झम्टेको र प्रतिकार गर्दा आफु बाँच्न सफल भएको बताउनुभयो ।
उहाँको दुवै हातमा बाघले कोतारेको छ ।
शरीरका अन्य भागमा समेत घाउचोट लागेका थारुको बैजापुर स्थित राप्तीसोनारी अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।
राप्तीसोनारी अस्पतालका चिकित्सक डाक्टर राम शाहका अनुसार बाघ आक्रमणबाट घाईते भएका थारुको अवस्था सामान्य रहेको छ ।
यसअघि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटालालाई पनि बाघले आक्रमणको प्रयास गरेको थियो ।
Discussion about this post